© २०२३
काठमान्डौ, ५ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेनजी आन्दोलनकारीको आगजनी, तोडफोड र लुटपाटले क्षतिग्रस्त बनेको आफ्नो भक्तपुर बालकोटस्थित घरमा पुगेका छन् ।
बुधबार ओली श्रीमती राधिका शाक्यसहित पहिलोपटक ध्वस्त घरमा पुगेका हुन् । यसअघि श्रीमती शाक्य अलगै गएर निवासको अनुगमन गरिसकेकी थिइन् ।
सुरक्षा चुनौतीका कारण ओली पहिले आफ्नो निवासमा पुग्न असमर्थ भएका थिए ।