© २०२३
काठमान्डौ, ५ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्यालमाथि आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाएका छन् । बुधबार बालकोटस्थित आफ्नै जलेको घर अवलोकन गर्न पुगेका ओलीले यस आशयका दाबी सार्वजनिक गरे ।
ओलीले भने, “हिजो एक सञ्चारमाध्यमसँगको अन्तर्वार्ताबाट पनि गृहमन्त्रीको ममाथि कस्तो मनोभाव छ भन्ने स्पष्ट हुन्छ । तिनीहरूको मनोभाव तोडफोड र लुटपाटको पक्षमा देखिन्छ । मलाई व्यक्तिगत रुपमा लक्षित गरेर दुस्मनी देखाइएको छ ।”
उनले थपे, “मैले कसैको सिमाना मिचेको छैनस घर कहाँ छ भनेर मलाई थाहा छैन । तर त्यस बाबतको दुस्मनी अत्यन्त चर्को देखिन्छ र सरकारप्रति मलाई गम्भीर आशंका छ ।”
ओलीले सरकारले आगामी दिनमा थप कदम चाल्न सक्ने आशंकाको पनि संकेत गरे । उनले दाबी गरे, “सरकारले ‘जेनजी’ भनिने समूहलाई बोलाएर अरूलाई दबाब दिन उक्साउने र त्यसकै आधारमा चिह्नित व्यक्तिहरूविरुद्ध कदम चाल्ने योजना बनाइरहेको गम्भीर शङ्का लागेको छ ।”