© २०२३
बुटवल, ५ कार्तिक ।
नेपालका राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाले गरीव नेपालीलाई ऋणमुक्त गराएको दिनको स्मरणमा नेपाल सम्वत ११४६ रुपन्देहीमा विविध कार्यक्रम गरी मनाइएको छ ।
नेवा: देय दबू तिलोत्तमा नगरसमितिले बुधबार युवाहरूसहितको प्रचारात्मक मोटरसाइकल रयाली निकालेको छ । कार्यक्रमको एक समारोहका बिच नेव देय दबुका केन्द्रीय सदस्य लोकहरि श्रेष्ठ, प्रदेश सल्लाहकार डा निरन्जनलाल कक्षपतिले संखध्वर साख्वाको तस्विरमा माल्यापर्ण र विधिवत पुजा गर्दै उद्घाटन गरेका थिए ।
समितिको सचिवालयबाट सहभागीहरुले नेवा देय् दबुको भिन्तुना, नेवा: एकता, संस्कृति र भाषाको जर्गेना गरौ ।, नेवा भाषा बोलौ, नेवा संस्कृति बचाऔ ।, हामी नेवा, हाम्रो गौरव, भिन्तुना हाम्रो परिचय, नेवा संस्कृति जोगाऔ, एकता बढाऔ ।, सांस्कृतिक एकता, हाम्रो पहिचान — भिन्तुना र्यालीको सम्मान, नेपाल सम्बत हाम्रो गौरव — भिन्तुना हाम्रो परिचय !, परम्परा, पहिचान र एकता — यही हो भिन्तुनाको महत्व, नयाँ वर्ष, नयाँ सोच — भिन्तुनामा एकताको सन्देश!, भिन्तुना मनाऔं, संस्कृति बचाऔं ! नाराका प्लेकार्डसहित मोटरसाइकल नगर परिक्रममा गरेको थियो ।
रयाली मणिग्राम, मंगलापुर, भलबारी चोक, मणिग्राम, नयामिल, शंकरनगर, शान्तिचोक, योगिकुटी, शंकरनगर चोक, नया मिल हुदै पुनः मणिग्राम सचिवालयमा समापन भएको थियो ।
नेवार संस्कृति र भाषाबारे युवा पुस्तामा सचेतना दिने गरी कार्यक्रम गरिएको समितिका अध्यक्ष दिनेश कक्षपतिले बताए ।
कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सचिव नरेस श्रेष्ठले नेपाल सम्वत र शखध्वर साख्वाको बारेमा जानकारी दिएका थिए ।