© २०२३
लमही, ५ कार्तिक ।
देउखुरीको लमही नगरपालिका–७ बनघुस्री निवासी करिब ३५ वर्षीय पूर्व प्रहरी हवल्दार देब नारायण चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार, राति करिब सवा दुई बजे रा २ प ४९१२ नम्बरको मोटरसाइकल लमहीतर्फ जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गको हसनापुर जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई राप्ती उप–क्षेत्रीय अस्पताल, घोराही लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।