Butwal Today

वर्तमान सरकारले समयमै चुनाव गराउन सक्दैनः एमाले

४ कार्तिक २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, ४ कात्तिक ।

नेकपा (एमाले) ले तोकिएको समयमा वर्तमान सरकारले चुनाव गराउन नसक्ने आशंका व्यक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा एमालेका नेताहरूले यस्तो आशंका व्यक्त गरेका हुन् ।

सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री जगदीश खरेल का अनुसार, बैठकमा सहभागी एमाले नेताहरूले वर्तमान सरकारले निर्धारित समयमा चुनाव सम्पन्न गराउन नसक्ने सम्भावना औंल्याएका छन् । उनीहरूले चुनावको विरोध भने गरेका छैनन् ।

सर्वदलीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी रहेका छन् ।