ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

देउसीको तालदेखि चिउरीको खोरीसम्म: हराउँदै तिहारको मौलिकता

४ कार्तिक २०८२, मंगलवार
४ कार्तिक २०८२, मंगलवार

पाल्पा, ४ कात्तिक ।

माथागढी गाउँपालिका झडेवा पाल्पाकी ७० वर्षीया चन्द्रकला सारुका लागि तिहार कुनै सामान्य पर्व होइन।
उनीका लागि तिहार भनेको चिउरीको पातको खोरीमा बालिने तेलबत्तीको उज्यालो, आँगनमा झिलिमिली मखमली फूल र नातीनातिनीका हाँसोको संगम हो। तर अहिले गाउँभर यस्तो दृश्य दुर्लभ बन्दै गएको छ।

“पहिले तिहारमा सिंगो गाउँ उज्यालो हुन्थ्यो। अहिले भने विजुलीको बत्तीले त्यो आनन्द दिन्न,” उनी भन्छिन्, “अब त म मात्रै बाँकी छु, जसले चिउरीको पातको बत्ती बाल्छ।”

माथागढी गाउँपालिका–झडेवाकी चन्द्रकला सारु अहिले गाउँकी एक्लो महिला हुन् जसले अझै पनि परम्परागत चिउरीको पातमा बनाइएको खोरीमा तेलबत्ती बाल्छिन्। उनका अनुसार, यसरी बत्ती बाल्ने चलन वैदिककालदेखि नै रहँदै आएको हो। तर अहिलेका पुस्ताले यसको महत्व बुझ्न छाडेपछि यो संस्कार पनि हराउँदै गएको छ।

उनीका छिमेकी भक्तबहादुर सारु भन्छन्, “पहिले तिहार सुरु हुनासाथ गाउँभर चिउरीको बत्ती बल्थ्यो, अब सबैले विजुली र मैनबत्तीमा सिमित छन्।”


चन्द्रकला सारुको आँगनमा आज पनि मखमली र सयपत्री फूलले बगैँचा ढाकिएको छ। उनी गर्वका साथ भन्छिन्, “मखमली फूल र चिउरीको पात हाम्रो सभ्यताको प्रतीक हुन्। त्यहीमा हाम्रो पहिचान छ। त्यो मेटिनु हुँदैन।”

तर समयले धेरै कुरा बदलिसकेको छ।
विकास र आधुनिकताको लहरसँगै परम्परागत चलनहरू विस्थापित भइरहेका छन्। तेलबत्तीको सट्टा विजुलीको उज्यालो आएको छ, प्राकृतिक फूलको ठाउँमा कृत्रिम माला टाँगिएका छन्।
“पहिलेको झलमल्ल उज्यालो र फूलको सुगन्ध अहिलेको कृत्रिम बत्ती र मालामा छैन,” उनी भन्छिन्, “मन नै खिन्न हुन्छ।”


निस्दी गाउँपालिकाका जनप्रतिनिधि सन्तबीर सुनारीका अनुसार, अब तिहारका धेरै प्रतीकात्मक वस्तुहरू केवल सम्झनामा बाँकी छन्।
“चिउरीको पात, दुना, टपरी अब सजिलै देखिँदैन,” उनी भन्छन्, “समयको अभाव र इच्छाशक्तिको कमीले यो चलन हराउँदै गएको हो।”

मित्यालकी पार्वती सारु भन्छिन्, “हामीलाई आमाबाबुले चिउरीको खोरी बनाउन सिकाएनन्। अहिलेका बालबालिकालाई त तेल बत्ती बाल्ने तरिका नै थाहा छैन।”

त्यस्तै, तिनाउ गाउँपालिका मस्यामकी कमला कार्की बताउँछिन्, “भाइटिकामा मखमली र सयपत्रीको महत्व बुझाउने पुस्ता हराएपछि कृत्रिमताले ठाउँ पाएको हो। हाम्रो संस्कृतिमा विकृति छिरेको छ।”


रिब्दीकोट गाउँपालिका–फेकका ७२ वर्षीय खुमनसिंह दर्जीका आँखामा पहिलेको तिहार अझै चम्किन्छ।
“पहिले देउसी–भैलोमा गाउँभरी तन्नेरी जम्मा हुन्थे। गित गाइन्थ्यो, मादल बजाइन्थ्यो, सबैको मन रम्थ्यो,” उनी सम्झन्छन्।
“अहिलेका युवाले देउसी खेल्छन्, तर डेकमा गीत बजाउँछन्। मादल र ताल हरायो। त्यो आत्मा नै हरायो।”


नागरिक समाजका अगुवा पुष्करराज रेग्मीका अनुसार, “हाम्रा पुराना रीतिरिवाज र संस्कृतिप्रति नयाँ पुस्तामा रुचि कम हुँदै गएको छ। शिक्षा र रोजगारीको दबाबले मौलिकता हाम्रै आँखा अगाडि हराउँदै छ।”

उनका अनुसार तिहार केवल पर्व होइन — यो दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र आशीर्वादको सम्बन्ध बलियो बनाउने संस्कार हो।
“यसलाई बचाउन, संरक्षण गर्न र पुनर्जीवन दिन सबैको साझा दायित्व हो,” रेग्मी जोड दिन्छन्।


झडेवाकी चन्द्रकला सारु अझै पनि प्रत्येक तिहारमा आफ्नो आँगनमा चिउरीको बत्ती बाल्छिन्। त्यो उज्यालो उनको लागि केवल प्रकाश होइन, संस्कारको प्रतीक हो।

“जब म चिउरीको खोरीमा बत्ती बाल्छु,” उनी भन्छिन्, “मलाई लाग्छ, मेरो आमाबाबुको आशीर्वाद अझै यहीँ छ।”

तर अब प्रश्न यो छ —
के आउने पुस्ताले त्यो उज्यालो फेरि देख्नेछन्?
कि हाम्रो मौलिकता केवल कथाहरूमा सीमित हुनेछ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?