© 2026
काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन् ।
सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भने, “केपी ओलीमात्रै पहिला कानुनमाथि बस्ने प्रचलन थियो होला, अब त्यस्तो हुँदैन ।”
गृहमन्त्री अर्यालको भनाइ अनुसार, वर्तमान सरकार कानुनको शासनमा विश्वास गर्छ र सबै नागरिक, पद वा भूमिकाका आधारमा होइन, कानुनको दायराभित्रै रहनेछन् ।
अध्यक्ष ओलीले आइतबार सम्पादकहरूसँगको भेटमा वर्तमान सरकारले गठन गरेको आयोगमा आफू बयान दिन नजाने बताएका थिए । साथै उनले आफूलाई कतै रोक्ने वा छेक्ने प्रयास भए सरकारलाई त्यसको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका थिए ।