© २०२३
पाल्पा, ३ कात्तिक ।
कास्कीस्थित पोखरा कारागारबाट फरार भएका एक बन्दी पाल्पामा पक्राउ परेका छन्। प्रहरीले सुचना र सुराकीको आधारमा उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।
माथागढी गाउँपालिका–कसेनीका ४२ वर्षीय केशवबहादुर कुमाल पक्राउ परेका हुन्। अपराधीक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका कुमाललाई यसअघि पोखरामा नियन्त्रणमा लिएर कारागार चलान गरिएको थियो।
तर, गत भदौ २४ गते जेनेरेसन–जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी घरमा आएर लुकिछिपी बस्दै आएको प्रहरीले बताएको छ।
छिमेकीको सुराकीका आधारमा अस्थायी प्रहरी चौकी सराइबाट खटिएको टोलीले उनलाई घरमै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार कुमाललाई आवश्यक अनुसन्धानका लागि थप प्रक्रिया अघि बढाइएको छ।