Butwal Today

बसको ठक्करबाट तिहार मनाउन घर फर्कँदै गरेका युवकको मृत्यु

३ कार्तिक २०८२, सोमबार
अ+
अ-

बुटवल ।

तिहार मनाउन घर जान हिँडेका एक युवाको बुटवलमा बसको ठक्करबाट मृत्यु भएको छ । बसको ठक्करबाट कपिलवस्तुको विजय नगर गाउँपालिका वडा नं ७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा सोमबार बिहान  पैदल यात्री दिनेशको  मृत्यु भएको हो । बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो। बुटवलबाट नारायणगढ जान लागेको लु २ ख ४०९७ नं. को बस निस्किने क्रममा बसपार्कको गेटमै पैदल यात्रीलाई ठक्कर दिएको थियो। बुटवलमा पेन्टिङको काम गर्दै आएका यादव तिहारको बिदा भएपछि बिहान घर जान बसपार्क जाँदै थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?