Butwal Today

बसको ठक्करबाट तिहार मनाउन घर फर्कँदै गरेका युवकको मृत्यु

३ कार्तिक २०८२, सोमबार
अ+
अ-

बुटवल ।

तिहार मनाउन घर जान हिँडेका एक युवाको बुटवलमा बसको ठक्करबाट मृत्यु भएको छ । बसको ठक्करबाट कपिलवस्तुको विजय नगर गाउँपालिका वडा नं ७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा सोमबार बिहान  पैदल यात्री दिनेशको  मृत्यु भएको हो । बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो। बुटवलबाट नारायणगढ जान लागेको लु २ ख ४०९७ नं. को बस निस्किने क्रममा बसपार्कको गेटमै पैदल यात्रीलाई ठक्कर दिएको थियो। बुटवलमा पेन्टिङको काम गर्दै आएका यादव तिहारको बिदा भएपछि बिहान घर जान बसपार्क जाँदै थिए।