© २०२३
काठमान्डौ, २ कार्तिक ।
गायक बाबुल गिरीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
शनिबार काठमाडौंको अनामनगरस्थित उनको स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेपछि प्रहरीले गिरीलाई कार्यालयमा बोलाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, केही पक्षबारे थप जानकारी लिन उनलाई सोधपुछका लागि बोलाइएको हो । उनका अनुसार शनिबार नितु पौडेलले गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।
त्यही घटनामा सोधपुछका लागि उनलाई बोलाइएको हो ।