Butwal Today

सेयर बजार १६ अंकले बढ्यो, कारोबार ३ अर्बभन्दा कममा सीमित

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २ कात्तिक ।

तिहारअघिको सेयर बजार १६.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ । नेप्से सूचक बढे पनि कारोबार रकम भने घटेको देखिएको छ ।

गत बिहीबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज मात्र २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।१६३ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ७८ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

अधिकांश क्षेत्रगत सूचकहरूमा वृद्धि देखिएको छ । बैंकिङ समूह ०.८७ प्रतिशत, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, अन्य १.१६ र व्यापार समूह ०.९० प्रतिशतले बढेका छन् । विकास बैंक समूह ०.२१ र निर्जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेका छन् ।

आज आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० र अभियान लघुवित्तको ६.०१ प्रतिशतले मूल्य बढेको छ ।

कालिका लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको ३.७० र मुक्तिनाथ विकास बैंकको ३.४२ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, सीईडीबी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।