ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

चामलको पिठोमा फूल्दैछ पाल्पाको सपना

२ कार्तिक २०८२, आइतबार
२ कार्तिक २०८२, आइतबार

पाल्पा ।

पाल्पाको रामपुरका रुद्र नारायण श्रेष्ठ अहिले सफल उद्यमीका रूपमा परिचित छन् । झिनीयाजस्तो परम्परागत परिकारलाई तीन दशकअघि व्यवसायिक रूप दिन थालेका उनले सुरुमा धेरै आलोचना सहनुपर्‍यो । तर आज उनको यही प्रयासले झिनीयालाई पाल्पाली पहिचानका रूपमा स्थापित गरेको छ ।

मगर समुदायमा तिहारको अवसरमा प्रयोग हुने झिनीयाको व्यवसायिक उत्पादन पहिलोपटक पूर्वी पाल्पामा सुरु भएको हो । चामलको पिठोबाट तयार हुने यो रोटी प्रकार अहिले हिन्दु परिवारका तिहार, पूजा र अन्य पर्वमा अपरिहार्य बनेको छ । तिहारमा झिनीयाको प्रयोग मात्र होइन, यसले स्थानीय परिवारका लागि आम्दानीको भरपर्दो स्रोत पनि बनेको छ । रामपुर र वगनासकाली गाउँपालिकादेखि तानसेनसम्म करिब १५० भन्दा बढी परिवार यो व्यवसायमा संलग्न छन् ।

 तनसेनका उद्यमी सबकास नापित भन्छन्, “कम लगानी र बढी आम्दानीका कारण महिलाहरू झिनीयाको उत्पादनमा बढी सक्रिय भएका छन्।” चामलको पिठो पकाएर मेसिनमा राखी सुकाइने झिनीयालाई विभिन्न आकारमा तयार पारिन्छ । बजारमा यसको मूल्य दर्जनका हिसाबले १५० देखि ५०० रुपैयाँसम्म पर्छ । यही व्यवसायबाट तानसेनकी शोभा श्रेष्ठजस्ता महिलाले आफ्नो परिवारको गुजारा चलाइरहेका छन् ।

झिनीयाको बजार अहिले पाल्पामात्र सीमित छैन । बुटवल, भैरहवा, पोखरा, चितवन र काठमाडौंसम्म यसको बिक्री बढेको छ । वगनासकाली गाउँपालिकाका उद्यमी गोकुल श्रेष्ठ वर्षभर उत्पादन गर्छन् । वार्षिक २५ लाख रुपैयाँसम्मको कारोबार हुने र पाँचदेखि आठ लाख रुपैयाँसम्म नाफा हुने उनले बताए । “उत्पादनभन्दा बढी चुनौती बजार व्यवस्थापनमा छ,” श्रेष्ठको भनाइ छ, “व्यापारीको मागअनुसार पठाउन अझै सजिलो भएको छैन।”

इतिहासमा झिनीयाको प्रयोग कहिलेदेखि सुरु भयो भन्ने ठ्याक्कै तथ्य फेला नपरे पनि यसको मूल पाल्पामै भएको मानिन्छ । पाल्पाकी चेलीहरू विवाहपछि अन्य जिल्लामा गएसँगै यो परिकारको सीप पनि फैलियो । तिहारको समयमा मात्रै पाल्पामा झिनीयाको बिक्री पचास लाख रुपैयाँभन्दा बढी हुने अनुमान व्यापारीहरूले गरेका छन् ।

रामपुरकी उद्यमी तेजकुमारी श्रेष्ठ भन्छिन्, “तिहारका बेला भाइटीकाको कोसेलीका रूपमा मात्र होइन, खाजापानीका रूपमा पनि झिनीयाको प्रयोग बढेको छ।” कुटीर उद्योगको रूपमा चिनिएको यो परम्परागत उत्पादन अझै आधुनिक प्रविधि र विद्युतिय मेसिनको प्रयोगसम्म पुग्न सकेको छैन । यद्यपि, व्यवसायीहरूका अनुसार यदि आधुनिकीकरण र बजार विस्तारमा ध्यान दिइयो भने झिनीयाले पाल्पाली उद्यमको अर्को सफलता गाथा लेख्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?