Butwal Today

अमेरिकामा राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध प्रदर्शन

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

बुटवल,२ कार्तिक ।

वासिङटन डीसी, न्यूयोर्क, शिकागो, मियामी, लस एन्जलस लगायतका प्रमुख अमेरिकी सहरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरूले ‘लोकतन्त्र राजतन्त्र होइन’ द कन्स्टिच्यूसन इज नट अप्शनल’ अर्थात् ‘संविधान वैकल्पिक होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

ट्रम्प समर्थकहरूले प्रदर्शनकारीहरूलाई अति वामपन्थी सङ्गठन ‘एन्टीफा’सँग सम्बन्धित भएको आरोप लगाएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यो समाचार पुष्टि गरेका छन् ।

न्यूयोर्क प्रहरीका अनुसार, शहरका पाँच ठाउँमा आयोजित विरोध प्रदर्शनमा एक लाखभन्दा बढी मानिस सहभागी भएका छन् ।