© २०२३
काठमान्डौ, २ कार्तिक ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ ।
पार्टीले बुधबार पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गर्दै वर्तमान सरकारले सबै दल र जेनजी आन्दोलनको भावनालाई समेट्न नसकेको आरोप लगाएको हो ।
नेकपाले चुनावमा भाग लिन इच्छुक भए पनि सुरक्षाको वातावरण नहुँदा त्यसमा सहजता नहुने जनाएको छ । पार्टीले भनेको छ, “नेकपा चुनावमा भाग लिन चाहन्छ, तर सुरक्षा सुनिश्चित हुनु आवश्यक छ । राजनीतिक तहमा उच्चस्तरीय संयम र सहमति बनाउनुपर्छ । जबरजस्ती चुनावको कुरा गरिए भने त्यो कठपुतली नचाउने थलोमा परिणत हुन्छ ।”