© २०२३
काठमान्डौ, २ कार्तिक ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले पार्टीको सर्वोच्च जिम्मेवारीबाट स्वैच्छिक राजीनामा दिएका छन् । स्वास्थ्यलगायतका कारण देखाउँदै ८० वर्षीय वैद्यले महासचिव पद छोडेका हुन् ।
पार्टीले वैद्यको उत्तराधिकारीका रूपमा वरिष्ठ नेता सीपी गजुरेललाई नयाँ महासचिव नियुक्त गरेको छ । गजुरेलले भने, “किरण जी लामो समयदेखि महासचिव रहनुभएको थियो, तर स्वास्थ्यले साथ नदिँदा उहाँले जिम्मेवारी त्याग्नुभयो । केन्द्रीय समितिले मलाई महासचिवको जिम्मेवारी दिएको छ । उउहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ।”
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी पार्टीबाट २०६९ सालमा अलग भई वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा माओवादी’ गठन गरिएको थियो । त्यसपछि विभिन्न चरणका राजनीतिक परिवर्तनपछि २०८१ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव बनेका थिए ।