© २०२३
गुल्मी, २ कार्तिक ।
गुल्मीको धुर्कोट गाउँपालिका एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका ९६ मिहालपानीका ६३ वर्षीय मिनबहादुर रोकाको शव आइतबार बिहान भिरथोक मिहालपानी स्थित पधेरो नजिकै फेला परेको हो ।
गोरेटो बाटोमा उत्तानो अवस्थामा रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले शव देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जैसिथोक बर्बोटबाट प्रहरी सहायक निरीक्षक बशिष्ठ यादवको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थल पुगिसकेको छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह अहिले प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा पाँच जनाको टोली समेत घटनास्थल पुगिसकेको सूचना अधिकारी सारूले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।