© २०२३
काठमाडौं, २ कात्तिक ।
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्तालाई आन्दोलनका नाममा धोकामा पारिएको दाबी गरेका छन् ।
सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै ओलीले जेन–जी आन्दोलनलाई आफूले तीन भागमा विभाजन गरेर हेर्ने गरेको बताए ।
‘जेन–जी आन्दोलनलाई तीन भागमा हेर्छु । उनीहरूका खुलस्त रूपमा तीनवटा माग थिए भ्रष्टाचार अन्त्य, सुशासनको सुनिश्चितता, र रोकिएका सामाजिक सञ्जाल पुनः सञ्चालन हुनु पर्ने,’ ओलीले भने, ‘तर जेन–जीलाई धोकामा पारियो । जे गरेर भए पनि विरोधका लागि प्रयोग गरियो ।’
ओलीले जेन–जीले आन्दोलनको क्रममा प्रधानमन्त्रीको राजीनामाको माग नगरेको दाबी गर्दै, ‘उनीहरूलाई संसद् भवनतर्फ लैजाने काम षड्यन्त्रपूर्वक गरिएको हो,’ भने ।