ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कार्तिक कृष्ण त्रयोदशी: आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरी जयन्ती मनाइँदै

२ कार्तिक २०८२, आइतबार
२ कार्तिक २०८२, आइतबार

काठमाडौँ ।

हिन्दु धर्ममा आरोग्यता र स्वास्थ्यसँग सम्बन्धित पवित्र पर्व धन्वन्तरी जयन्ती (आइतबार) आज देशभर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने यस पर्वलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाइन्छ ।

धार्मिक विश्वासअनुसार, आजकै दिन भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरीका रूपमा अवतरित भएका थिए । देवता र असुरबिचको समुद्र मन्थनका क्रममा हलाहल विष, कामधेनु, ऐरावत, उच्चैःश्रवा अश्व, अप्सरा, कौस्तुभ मणि, वारुणी, महाशङ्ख, कल्पवृक्ष, चन्द्रमा, लक्ष्मी र कदली वृक्ष आदिको उत्पत्तिपछि अन्त्यमा भगवान् धन्वन्तरी प्रकट भएको उल्लेख पाइन्छ ।

सुवर्ण कलशमा अमृत लिएर चतुर्भुज रूपमा प्रकट भएका धन्वन्तरीले देवता र असुरबिच अमृत वितरण गरेपछि देवराज इन्द्रको अनुरोधमा देव वैद्यको पद स्वीकार गरी स्वर्गमा बसोबास गरे । त्यसै समयदेखि धन्वन्तरीलाई आरोग्यका देवता र आयुर्वेदका संस्थापकका रूपमा मानिन्छ ।

आयुर्वेद शास्त्रका प्रवर्तक धन्वन्तरीलाई ‘वैद्यराज’- वैद्यहरूको राजा पनि भनिन्छ । आजकै दिन आयुर्वेदका विद्यार्थी, चिकित्सक र स्वास्थ्यकर्मीहरूले विशेष कार्यक्रम आयोजना गरी भगवान् धन्वन्तरीको पूजा र आराधना गर्ने परम्परा रहेको छ ।

धन्वन्तरीको पूजा वा आराधना निम्न मन्त्रद्धारा गर्नुपर्दछ ।

ॐ नमो भगवते वासुदेवाय धन्वन्तरये

अमृतकलश हस्ताय सर्वामय विनाशनाय

त्रैलोक्यनाथाय श्रीमहाविष्णवे नमः

अर्थात

म भगवान् वासुदेव (विष्णु) लाई नमस्कार गर्छु । जो भगवान् धन्वन्तरीका रूपमा प्रकट भएका छन्, तिनलाई नमस्कार । जसका हातमा अमृत (अजर–अमर हुने शक्ति) भएको कलश छ । जो सबै प्रकारका रोग, पीडा र व्याधिहरू नाश गर्ने शक्ति राख्छन् । जो तीन लोकका स्वामी हुन्  स्वर्ग, पृथ्वी र पातालका अधिपति । म ती महान् विष्णुलाई नमस्कार गर्दछु, जो समस्त जगत्को पालक हुन् ।

धार्मिक विश्वास अनुसार, धन्वन्तरीको पूजा आराधनाले शरीर, मन र आत्मामा आरोग्य र शान्ति प्राप्त हुन्छ । रोग निवारण, दीर्घायु, भय नाश, चिन्ता शमन र मानसिक स्थिरता प्राप्त हुने जनविश्वास रहेको छ । विशेष गरी चिकित्सा तथा सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि यो दिन अत्यन्त शुभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?