© २०२३
काठमाडौँ ।
कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार, दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै ज्यान गएको हो ।
घाइतेहरूलाई स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था र थप विवरण आउन बाँकी छ ।
बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्रयाक्टर आइतबार धोबेनी खोलामा दुर्घटनाग्रस्त भएको हो ।