Butwal Today

निर्वाचनको वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौं: गृहमन्त्री

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २ कार्तिक ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेको निर्वाचनका लागि वातावरण तयार पार्ने काम अघि बढाइएको जानकारी दिएका छन् ।

उनी निर्वाचन तयारीबारे जानकारी दिँदै भन्छन्, “निर्वाचनको वातावरण बनाउन र शान्ति सुरक्षाको प्रत्याभूत गर्न संयुक्त पेट्रोलिङ गरिनेछ । त्यही क्रममा सुरक्षा फौजले हतियार रिकभर गर्ने लगायतका काम पनि अघि बढाउनेछ ।”

गृहमन्त्री अर्यालले कैदीबन्दी र जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारबारे पनि काम भइरहेको उल्लेख गर्दै भने, हाम्रो विश्लेषणले के बताउँछ भने ती हतियारहरू संगठित गिरोहको हातमा नपुगोस् भन्ने छ । बरु ती कैदीबन्दीलाई राजनीतिक दलले तीनिहरूबाट हामीले प्रयोग गर्दैनौं भन्ने घोषणा गर्नुपर्‍यो।”