ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पहिलो त्रैमासमै सरकारको आम्दानीभन्दा खर्च बढी

२ कार्तिक २०८२, आइतबार
२ कार्तिक २०८२, आइतबार

काठमान्डौ, २ कार्तिक ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास ९साउन–असोज० मा सरकारको खर्च आम्दानीभन्दा बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयका तथ्यांकअनुसार, असोज मसान्तसम्म सरकारले कुल ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ, जबकि यस अवधिमा आम्दानी (राजस्व, अनुदान र अन्य)  २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँ मात्रै रहेको छ । यसरी तीन महिनामै १ खर्ब ११ अर्ब रुपैयाँको वित्तीय खाडल देखिएको छ, जसका लागि सरकारले ऋण लिएर खर्च जोहो गर्नुपर्ने अवस्था आएको छ ।

चालु आवमा सरकारले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये चालु खर्च असोजसम्म २ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ, जुन चालु खर्च लक्ष्य ११ खर्ब ८० अर्ब ९८ करोडको २१.७५ प्रतिशत मात्र हो ।

अर्कोतर्फ, पूँजीगत खर्च असोजसम्म १९ अर्ब १८ करोड रुपैयाँ मात्रै भएको छ, जुन लक्ष्य ४ खर्ब ८ अर्ब ८८ करोडको ४.७ प्रतिशत हो ।

वित्तीय व्यवस्थामा पनि पहिलो त्रैमासमा ८८ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ, जुन अधिकांश ऋणको साँवा र ब्याज तिर्न प्रयोग भएको हो । यस वर्ष सो प्रयोजनका लागि सरकारले ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ, जसको २३.६१ प्रतिशत खर्च भइसकेको छ ।

गत आवको तुलनामा चालु खर्चमा वृद्धि भए पनि पूँजीगत खर्च घटेको देखिएको छ । अघिल्लो वर्ष असोज मसान्तसम्म कुल बजेट खर्च ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको थियो, जसमा चालु खर्च २ खर्ब २९ अर्ब र पूँजीगत खर्च २९ अर्ब ३७ करोड रुपैयाँ थियो ।

राजस्व संकलनको प्रगति पनि अपेक्षाभन्दा कम छ । अर्थ मन्त्रालयका अनुसार, असोजसम्म २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ, जुन लक्ष्यको ७८.१२ प्रतिशत हो । असोज महिनामा मात्र ९२ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८९.७१ प्रतिशत मात्रै हो । गत आवको असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब १ करोड राजस्व संकलन भएको थियो, जसको तुलना गर्दा यस वर्ष राजस्व संकलन घटेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?