Butwal Today

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २ कार्तिक । 

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मिश्रासहित १५ जनामाथि स्वास्थ्य उपकरण खरिदमा घोटाला गरेको ठहर गर्दै विशेष अदालतमा १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।

केही साताअघि मात्र जेनजीको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेकी मिश्राविरुद्ध अख्तियारले विशेष अदालतमा फाइल पेश गरेको हो । यो मुद्दा स्वास्थ्य सेवा विभागको महानिर्देशकको रूपमा रहेको कार्यकालमा गरिएको खरिदसम्बन्धी विषयसँग सम्बन्धित रहेको आयोगले जनाएको छ ।