© 2026
काठमाडौँ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।
विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षे बाली उत्पादन अपेक्षाकृत राम्रो भएकाले अब हिउँदे बालीको उत्पादन पनि व्यवस्थित गर्ने निर्णय गरेको जनाएको छ ।
पार्टीले ‘नयाँ आर्थिक मार्ग’ अन्तर्गत आत्मनिर्भर अर्थ प्रणालीको अभ्यासमार्फत आर्थिक जीवनमा उत्साहजनक परिणाम हासिल गर्दै अगाडि बढिरहेको बताएको छ ।
महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टीको आर्थिक कार्यदिशा र आगामी योजनाबारे जानकारी गराउँदै यस्तो जानकारी दिएका हुन् ।