ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

१६ वर्षका सरोजको माटोमा फक्रेको कला

२ कार्तिक २०८२, आइतबार
२ कार्तिक २०८२, आइतबार

बर्दिया, ०२ कार्तिक ।

बढैयाताल गाउँपालिका वडा नम्बर ६ का सरोज थारु उमेले १६ वर्षका भए । शारदा उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी पढाइसँगै कलामा रमाइरहेका छन् ।

विद्यालयबाट फर्केपछि, गृहकार्य सकेर उनी कहिले बाँस समाउँछन्, कहिले पराल, कहिले माटो । ती सामग्रीबाट उनले परेपछि मूर्तिको आकार दिन्छन् । सुरुमा परिवारले उनको यो कामलाई खेलौना सम्झे ।

तर जब उनले जनावरको मूर्ति बनाए त्यसपछि घरपरिवारका सदस्यले पनि उनलाई पत्याए । “पहिलो पटक मैले बनाएको मूर्ति हरिणको थियो,” उनले भने, “त्यसले मलाई अझै राम्रो बनाउन प्रेरणा दियो ।”

आजभोलि उनी घरको आँगनमा र कोठामा आफ्नै हातले बनाएका मूर्तिहरू सजाएर राखेका छन् । कुनै मूर्ति थारु परम्परागत जीवनशैली झल्काउँछ, कुनै जनावरको सजीव रूप झल्काउँछ ।

उनी बाँसको टुक्रा, खेतमा बाँकी रहेका पराल र घर वरिपरि भेटिने माटोबाट मूर्ति बनाउँछन् । “बाँस र पराल सजिलै पाइन्छ, माटो पनि आफ्नै खेतको हो,” उनी भन्छन्, “त्यो नै मेरो सामग्री हो, मेरो संसार हो ।”

सरोजको कला थारु समुदायको जीवनसँग जोडिएको छ । उनी थारुहरूको परम्परा, बस्ती, नाँच–गान र प्रकृतिबाट प्रेरित हुन्छन् । “हाम्रो संस्कृति नै कला हो,” उनी भन्छन्,– “थारु बस्तीमा परालले घर छापिन्छ, बाँसले टोपी, टोकरी, र ढोका बनाइन्छ । म त्यसैलाई मूर्तिको रूपमा देखाउँछु ।”

उनका केही मूर्तिहरूमा थारु पहिरानमा महिलाहरू मादल बजाउँदै गरेको दृश्य भेटिन्छ । कतिपय मूर्तिहरूमा बाघ र रानी, खेतमा काम गर्दै गरेका किसानहरू वा परम्परागत नाचमा रमाइरहेका युवतीहरूको आकृति भेटिन्छ ।

यी सबैले गाउँको मौलिकता र पहिचान झल्काउँछन् । तर सृजनशीलता सजिलो हुँदैन । सरोजलाई मूर्ति बनाउन उपकरण र समय दुवैको चुनौती हुन्छ । विद्यालयका गृहकार्य, परीक्षा तयारी र घरेलु कामबिच उनी कलाको लागि समय निकाल्छन् ।

बढैयाताल गाउँपालिकाका केही प्रतिनिधिहरूले पनि उनको काममा रुचि देखाएका छन् । वडा अध्यक्ष शुक्रराज सापकोटाले भनेका छन्, “हामी सरोज जस्ता प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौँ । गाउँमा कलाको विकास भयो भने पर्यटन र सांस्कृतिक पहिचान पनि बढ्छ ।”

गाउँका बुढापाकाहरू सरोजको काम देखेर गर्व गर्छन् । ६० वर्षीय स्थानीय खेमलाल थारु भन्छन्, –“पहिले हामीले बाँस र पराल खेतीका लागि मात्र प्रयोग गथ्र्यौं । अहिले सरोजले देखायो, त्यसबाट पनि सुन्दर मूर्ति बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?