© २०२३
सल्यान, २ कार्तिक ।
सल्यानमा वडा अध्यक्ष सहित जुवा खेलिरहेका छ जना पक्राउ परेका छन् । सल्यानको श्रीनगरबाट प्रहरीले एक लाख रुपियाँ बढी नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले शारदा नगरपालिका, १ श्रीनगर स्थित लोकबहादुर बुढाथोकीको घरमा आइतबार बिहान छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे प्रहरी नायव उपरीक्षक डाक्टर हेमबहादुर केसीको कमान्डमा खटिएको १४ जनाको टोलीले छापा मारेको थियो ।
जुवा खेलिरहेका शारदा नगरपालिका, १ का वडा अध्यक्ष प्रदीप पाण्डे, त्यही स्थानका लोकबहादुर बुढाथोकी, महोमत मिया, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका, ६ का झपेन्द्र प्रकाश रोकायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनास्थलबाट नगद एक लाख सात हजार ६२५ रुपियाँ, मोबाइल फोन ६ थान, जुवा खेल्न प्रयोग गरिएको तासका ४ गड्डी र प्रयोग नगरिएका ७ गड्डी बरामद गरिएको पनि प्रहरीले जनाएको छ।