Butwal Today

छनौट चरणमा अपराजित यात्रा, जसले पु¥याए नेपाललाई विश्वकप

१ कार्तिक २०८२, शनिबार
अ+
अ-

समाचारमा सारांशमा


  • नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटमा स्थान पक्का गरेको छ । 

  • यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलिसकेको थियो ।

  • आउँदो विश्वकप सन् २०२६ मा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्नेछन् ।


बर्दघाट, ०१ कात्तिक  । 

नेपालले लगातार दोश्रो र समग्रमा तेस्रो पटक टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको लागि स्थान पक्का गरेको छ ।

ओमनमा जारी एसिया–इष्ट एसिया प्यासिफिक टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गरेका ६ खेल मध्ये सबै खेलमा जित हासिल गर्दै अङ्क तालिकाको पहिलो स्थानमा रहँदै नेपालले विश्वकप यात्रा तय गरेको हो ।

आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप क्रिकेटमा एसिया—इष्ट एसिया प्यासिफिक क्षेत्रबाट छनौटको लागि नेपाल सहित युएई, ओमान, कतार, मलेसिया, जापान, पपुवा न्यु गिनी, सामोआ र कुवेतले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सम्मिलित ९ टोलीमध्ये अङ्कतालिकाको आधारमा उत्कृष्ट ३ ले आगामी विश्वकपको लागि स्थान पक्का गरेका हुन् । नेपाल सहित ओमन र युएई ले पनि आगामी विश्वकपमा सहभागिता जनाउने छन् ।

सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाएको नेपालले दोस्रो पटक सहभागिता जनाउन भने १० वर्ष कुर्नु परेको थियो । सन २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा समूह चरणमा दक्षिण अफ्रिका सँग १रनले पराजित हुँदा दोस्रो चरण प्रवेशबाट वञ्चित भएको थियो ।

कसरी पुग्यो नेपाल विश्वकपमा ? 
ओमन आयोजक रहेको एसिया–इष्ट एसिया प्यासिफिक विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपाल सहित अन्य ८ टोली गरी कुल ९ टोली सम्मिलित छनौट प्रतियोगिता अक्टोबर ८ देखि अक्टोबर १७ सम्म ओमनको अल एमरातरंगशालामा सञ्चालन भएको थियो ।

९ टोलीलाई ३ समूहमा विभाजन गरी प्रथम चरणको लिगबाट प्रत्येक समूहका २ टोली सुपर सिक्समा प्रवेश गरेका थिए । नेपालले सुपर सिक्समा प्रवेश गर्दा जापान र कुवेतलाई पराजित गर्दै २ अङ्क सहित सुपरसिक्स प्रवेश गरेको थियो ।

छनौट चरणको पहिलो खेल नेपाल ले कुवेत बिच भएको थियो । पहिलो चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

यस्तै पहिलो चरणकै दोस्रो खेलमा नरपाले जापान भिडेका थिए, सुपरसिक्स प्रवेशको लागि महत्त्वपूर्ण रहेको उक्त खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै सहजै सुपरसिक्स प्रवेश गरेको थियो ।

समूह चरणमा प्रतिस्पर्धा दुवै टोलीलाई पराजित गरेको नेपालले सुपरसिक्स प्रवेश गर्दा नै २ अङ्क बटुल्न सफल भएको थियो ।  सुपरसिक्सको पहिलो खेलमा नेपालले युएई लाई पराजित गर्न अन्तिम बल सम्म सङ्घर्ष गरेको थियो, अन्ततः युएईमाथि १ रनको रोमान्चक जित निकाल्दै नेपाल विश्वकप छनौटका लागि थप बलियो भएको थियो ।

तुलनात्मक रूपमा कमजोर ठानिएको कतारसँग पनि नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेन । कतार माथि जित निकाल्न पनि नेपालले अन्तिम ओभरसम्म नै सङ्घर्ष गर्नुप¥यो । नेपालका सन्दीप लामिछानेले कतार विरुद्ध ५ विकेट लिँदै नेपालको जितमा महत्त्वपूर्ण योगदान गरेका थिए । कतार माथि नेपालले ५रनको जित निकालेको थियो ।

पहिलो स्थानमा रहेको ओमन पनि अपराजित रहँदै ६ अँकमै रहेको थियो तर विश्वकप सहज प्रवेशका लागि ८ अङ्क आवश्यक थियो जुन नेपालले पहिलो स्थानमा रहेको ओमनलाई पराजित गर्दै हासिल गरेको थियो ।

सुपरसिक्सको तेस्रो खेलमा नेपालले आयोजक ओमनको सामना गरेको थियो । ओपन पनि प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थान सहित नेपाल सँग भिडेको थियो । नेपालले ओमनलाई ३८रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित यात्रा सँगै अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको थियो ।

विश्वकप छनौट भइसकेको नेपालले सुपरसिक्सको अन्तिम खेल समोआसँग खेलेको थियो जुन औपचारिकता मात्र थियो । यी दुई टोली बिचको खेलको नतिजाले विश्वकप छनौटमा कुनै पनि अर्थ थिएन तथापि नेपाल समोआलाइ १ सय २४रनले पराजित गर्दै प्रतियोगिताभर अपराजित रहँदै प्रतियोगितामा च्याम्पियन बनेको हो ।

नेपाल विश्वकप यात्रा तय गरिरहँदा ब्याटिङ पक्ष भने कमजोर देखिएको छ । फिल्डिङ्ग पक्ष निकै चुस्त देखिएको नेपालले अधिकांश लिग चरणका खेलहरू चुस्त फिल्डिङ्ग का कारण नै आफ्नो पक्षमा पारेको छ, बलिङ समेत निकै कसिलो गरेको छ । आशा गरौँ विश्वकप प्रतियोगितामा आक्रामक ब्याटिङ, चुस्त फिल्डिङ्गर कसिलो बलिङले नेपालले ऐतिहासिक दोस्रो चरण पार गर्नेछ ।

विपक्षी टोली विरुद्ध व्यक्तिगत उत्कृष्ट प्रदर्शन 
समूहमा खेलिने कुनै पनि खेलमा सबै खेलाडीको उत्तिकै महत्त्व हुन्छ । क्रिकेट खेलमा पनि सबै खेलाडीको महत्त्व उत्तिकै हुने गर्दछ तथापि कुनै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दछन् त कुनै खेलाडीको प्रदर्शन फितलो रहेको हुन्छ ।

हामीले विश्वकप छनौट प्रतियोगितामा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको बारेमा चर्चा गर्दै छौँ ।
कुवेत विरुद्धको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गरेको थियो ।

ओपनर ब्याटर कुशल भुर्तेलले ६६रनको पारी खेल्दै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । जापान विरुद्धको खेलमा गुलशन झार आशिफ शेखले नेपालको जितमा उत्कृष्ट योगदान गरे । आशिफले ३८ रन जोडे भने झा ले अलराउण्ड प्रदर्शन गर्दै फिल्डिङ्गमा २८ रन र बलिडतर्फ ४ ओभरमा २०रन खर्चेर २ विकेट लिए ।

सुपरसिक्सको पहिलो खेलमा युएई विरुद्ध दिपेन्द्र सिँह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । ३ विकेट लिएका ऐरीले १ खेलाडीलाई डाइरेक्ट हिट गर्दैरनआउट गराएका थिए, यस्तै आशिफ शेखले ५१रनको अर्धसतकिय पारी खेलेका थिए ।

कतार विरुद्धको जितमा भने सन्दीप लामिछानेको निकै महत्त्वपूर्ण योगदानरह्यो । पराजयको सँघारमा पुगिसकेको नेपाललाई महत्त्वपूर्ण जित दिलाउन लामिछानेले कतारका ५ खेलाडीलाई पवेलियनको बाटो देखाएका थिए ।

कतार विरुद्ध कप्तानरोहित पौडेलले ५८ रनको अर्धसतकिय पारी खेले । ओमन विरुद्धको खेलमा पुनः भूर्तेल चम्किए । उनले ६९रन बनाउँदै प्रतियोगितामा दोस्रो अर्धसतक पुरा गरेका थिए ।

गुलशन झा ले पुनः अलराउण्ड प्रदर्शन गरे । ब्याटिङ गर्दै १८रनर बलिडतर्फ ३ विकेट लिए । समोआ बिरुद्धको खेलमा आशिफ शेखले ६९र दिपेन्द्र सिँह ऐरी ५३रनको योगदान गर्दै नेपालको जितमा महत्त्वपूर्ण योगदान गरे ।

समग्रमा नेपालको प्रदर्शन: उत्कृष्ट बलिङ्ग र चुस्त फिल्डिङ्ग, मध्यम ब्याटिङ
समोआ विरुद्धको खेलमा बाहेक नेपालले विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न सकेन । समोआ वाहेक अन्य खेलमा १ भन्दा बढी ब्याटरहरूले अर्धसतकिय पारी खेल्न सकेनन् ।

नेपालले समोआ विरुद्ध २ सय ११र ओमन विरुद्धको १ सय ५१रन बाहेक नेपालले पहिले ब्याटिङ गरेको ३ खेलमा १ सय ५०रनको आँकडा पार गर्न सकेन । (जापान विरुद्ध नेपालले लक्ष्य पच्छाएको थियो) ।

ब्याटिङ चल्न नसकी न्यून स्कोरको लक्ष्य प्रस्तुत गर्दा नेपालले सबै खेलमा सफलता निकै कसिलो बलिङ्ग र चुस्त फिल्डिङ्गले हासिल गर्न सक्यो । लगातार ५ खेलमा ५ डाइरेक्ट हिट गर्दै दिपेन्द्र सिँह ऐरीले उत्कृष्ट फिल्डिङ्गको प्रदर्शन गर्न सके । नेपालले मिसफिल्डर ओभरथ्रो मारन खर्च नगर्नु नै जितको प्रमुख आधार बनेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?