ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

धान भित्राउने कार्य अन्तिम चरणमा

१ कार्तिक २०८२, शनिबार
१ कार्तिक २०८२, शनिबार

सल्यान, ०१ कात्तिक ।

सल्यानका किसानहरूले यस वर्षको धान भित्राउने कार्यलाई करिब अन्तिम चरणमा पु¥याएका छन् । हिजोआज किसानहरू धान काट्ने, झार्ने र भित्र्याउने काममा व्यस्त देखिन्छन् । नजिकै तिहार आएकाले पनि पाकिसकेको धान भित्राउने चटारो छ ।

शारदा नदी आसपासको क्षेत्र गरिज्युला, सांघार क्षेत्र, रेशमज्युला लगाएत त्रिवेणीको लुहामखोला, कुमाख गाउँपालिकाको मर्मखोला, वनगाड कुपिण्डे नगरपालिकाको संग्रहीज्युला, वनगाड खोला, कालीमाटी गाउँपालिकाको बबई नदी लगायतका खोलाको आसपासका खेतमा किसानहरू धान भित्राउन व्यस्त छन् ।

गत असार पहिलो सातासम्म रोपाइँ गरेका अधिकांश किसानहरूले धान काटेर भित्राइसकेका छन् भने अन्य क्षेत्रमा पनि ६० प्रतिशत बढी खेतको धान भित्राइसकेको अनुमान छ ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार सल्यानमा गत आर्थिक वर्ष ०८१/८२ मा छ हजार हेक्टर क्षेत्रफलमा २८ हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो । यद्यपि गत वर्षभन्दा यस वर्ष ०.४ प्रतिशत कम क्षेत्रफलमा धान खेती भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए ।

उनले भने, “विशेष गरी पश्चिम सल्यानको बनगाड क्षेत्रमा केही कम क्षेत्रमा धान रोपाइँ भयो । अन्य क्षेत्रमा त पानीको उपलब्धता राम्रो भएकाले समयमै रोपाइँ भएको थियो । उत्पादन पनि बढ्ने अपेक्षा छ ।”

किसानहरूले यस वर्ष हाइब्रिड धानका जातहरूसँगै राम धान, खुमल, हार्दिनाथ, सुख्खा धान लगायतका जात लगाएका थिए । कालीमाटी र कुमाख गाउँपालिकामा किसानले चैते धान पनि खेती गर्दै आएका छन् ।

पछिल्ला केही वर्षयता किसानहरूले धान रोप्न तथा भित्राउनका लागि कृषि यन्त्रहरूको प्रयोग गर्दै आएका छन् । जिल्लामा आर्थिक वर्ष ०८०/८१ मा छ हजार २९ हेक्टर क्षेत्रफलमा २८ हजार ५५९ मेट्रिकटन धान उत्पादन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष ०७९÷८० मा जिल्लामा सात हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?