Butwal Today

लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा, अनिल र भीम फर्किए

१ कार्तिक २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सीडब्ल्यूसी लिग-२ को सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा अनिल साह र भीम सार्की समेटिएका छन्।

त्यस्तै हालै टी-२० विश्वकप छनोट टिममा रहेका  सन्दिप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि परेका छैनन्।

नेपालले लिग-२ का लागि यूएईमा यूएई र अमेरिकाविरुद्ध खेल खेल्दै छ।

नेपालको खेल अक्टोबर २८ बाट सुरु हुने छ।

लिग–२ अन्तर्गतको सिरिजमा तीनवटै टोलीले ४/४ वटा खेल खेल्ने छन्।