© २०२३
बुटवल, १ कार्तिक ।
शनिबार चर्चित गायिका शान्तिश्री परियारले बुटवलको रामनगरमा दर्शक नचाईन । सयपत्री युवा क्लबको आयोजनामा भएको सयपत्री सास्कृतिक साझ २०८२ मा चर्चित गायिका शान्तिश्री परियारसहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मनाउने र क्लबको आर्थिक संकलन हुने गरि कार्यक्रम गरिएको क्लबका अध्यक्ष बिशाल काउचाले बताए । यसैगरि बुटवल चिडियाखोलामा रहेको हयाप्पी क्लबले गोलपार्क दुर्गा मन्दिर चोकमा कार्तिक ४ गते मंगलबार शुभ दिपावली तथा छठ पर्व २०८२ को शुभ अवसरमा एघारौ वृहत सास्कृतिक कार्यक्रम शुभ दीपावली साझ २०८२ को तयारी पुरा भएको कार्यक्रम संयोजक मच्छिन्द्र श्रेष्ठले बताए ।
सामाजिक, सास्कृतिक एवं विविध रचनात्मक कार्यक्रम गर्दै आएको क्लबले जिपि गाईज, चिडिया ब्याईज, बमघाट युवा क्लब, ज्योतीनगर युवा क्लब, नारायणी युवा क्लबको सहकार्यमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको हो ।
कार्यक्रममा फण्डामेन्टल ब्याड र लड बेसक्याम्प डान्स समुहसहित कलाकारहरुको प्रस्तुति रहने सहसंयोजक सागर पौडेलले बताए । यसैगरि राधाकृष्ण युवा क्लबको आयोजनामा कार्तिक १५ गते एकादशीको दिन २० औ सास्कृतिक साझ गर्ने भएको छ ।
विगतका वर्षको निरन्तरता स्वरुप क्लबलाई सबल बनाउदै आर्थिक संकलनमा स्टेज कार्यक्रम सहायक सिद्ध हुने क्लबका अध्यक्ष रिम बहादुर सारुले बताए । स्थानिय कलाकारलाई स्टेजमा अवसर दिएर प्रोत्साहन गर्नेमात्र नभई कार्यक्रममबाट संकलन भएको रकमबाट सामाजिक उत्तरदायित्वमा लगाउदै आएको उनले बताए ।
‘यो वर्ष करीब २ लाख रुपैया बराबर रकम डायलोसिस उपचार गर्दै आएको बिरामीहरुलाई सहयोग गर्ने लक्ष्य राखेका छौ ।’–उनले भने । डायलोसिस बिरामीहरुलाई सरकारले घोषणा गरेझैं पूर्ण निशुल्क नभई आंशिक राहत मात्रै प्राप्त हुने अवस्था छ । हिन्दुतिहार भित्रिएसंगै बुटवलका विभिन्न क्लबहरुले सास्कृतिक कार्यक्रममार्फत आर्थिक संकलन गरि सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने दाबी उनिहरुको छ ।