Butwal Today

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि निरन्तर

१ कार्तिक २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

यही असोज २८ देखि सानेपास्थित केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आज (शनिबार) पनि निरन्तरता पाउने भएको छ।

सुरुको दिन सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठक त्यसयता कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ। देउवाले त्यही दिन (असोज २८ गते) कार्यकारी भूमिका त्यागेको घोषणा गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

त्यसको भोलिपल्ट असोज २९ गते एक दिन स्थगन गरिएको कांग्रेस केन्द्रीय समितिको बैठक ३० गतेदेखि निरन्तर जारी छ।

यसै क्रममा आज पनि दिउँसो १ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

जारी बैठकमा शुक्रबार २५ नेताले धारणा राखेका छन्। यसअघि बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।

हालसम्म बोलेका अधिकांश नेताले आगामी मंसिरमै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।

अब आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?