Butwal Today

बुटवलका नेवारहरुले संयुक्त नेपाल सम्वत ११४६ मनाउने

१ कार्तिक २०८२, शनिबार
अ+
अ-

बुटवल, १ कार्तिक ।

बुटवलमा छरिएर रहेका नेवार समुदायहरुले सामुहिक रुपमा नेपाल सम्बत ११४६ मनाउने भएका छन । नेवा देय दबु बुटवल नगर समितीको आयोजनामा शनिबार बुटवलमा बसेको संयुक्त बैठकले सामुहिक रुपमा नेपाल सम्बत ११४६ मनाउने निर्णय गरेका छन ।

नेवार सांस्कृतिक संरक्षणमा अग्रसर रहेका बुटवलका सम्पूर्ण नेवा, पुच, खल, समाज, गुठीहरु कार्तिक ५ गते नेवा सेवा समितिको सचिवालयबाट बिहान ७ बजे प्रभातफेरी र झाकीसहितको रयाली बुटवल उपमहानगरपालिका पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरिने नेवा देय दबु बुटवल नगर अध्यक्ष सुन्दर श्रेष्ठले बताए ।

संस्थालाई आर्थिक रुपमा सबल बनाउने र नेवा सदस्यका पहिचान दिने गरि टिसर्ट समेत सार्वजनिक गरिएको छ । नेपाल सम्बतको सुरुवात व्यापारी शंखधर साख्वाले जनताका ऋण मुक्त गराएर गरेको ऐतिहासिक घटनासँग जोडिएको छ ।

त्यसै दिनदेखि नयाँ वर्षको रूपमा यो संवत सुरु भएको मानिन्छ । नेपाल सम्बतलाई राष्ट्रिय गौरवका रूपमा प्रचार–प्रसार गर्दै नेवार समुदायको भाषा, भेषभूषा र परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु-याउने उद्देश्यका साथ विगत लामोसमयदेखी यस क्षेत्रमा कार्यक्रम गरिदै आएको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार बिमल बहादुर शाक्य, सहदेव श्रेष्ठ, नेवा सेवा समिति डिल्ली प्रसाद श्रेष्ठले नेपाल सम्बतलाई राष्ट्रिय गौरवका रूपमा प्रचार–प्रसार गर्दै नेवार समुदायको भाषा, भेषभूषा र परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु-याउने उद्देश्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?