Butwal Today

कपिलवस्तुमा सवारीको ठक्करबाट युवकको मृत्यु

१ कार्तिक २०८२, शनिबार
अ+
अ-

जितपुर, १ कात्तिक ।

कपिलवस्तुमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक युवाको निधन भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित जगदीशपुरबाट बनगाई जादै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी बर्ष २८ का रमेश आचार्यको गए राति मृत्यु भएको हो ।

मृत्यु भएका आचार्य बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिहंले जानकारी दिए ।
उनको शवलाई अहिले पिपरा अस्पताल राखिएको छ । त्यस्तै मोटरसाइकलमा सवार अर्का सुजन सुनारको अवस्था गम्भीर रहेको छ । उनको अहिले बुटवलस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?