Butwal Today

एमाले केन्द्रीय कमिटी बैठक : आजै अध्यक्ष ओलीले जवाफ दिने

३१ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ ।  तेस्रो दिन आज पनि बिहान ८ बजेबाट बैठक सुरु हुने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले  अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ ।

पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।