© २०२३
काठमाडौं, ३१ असोज ।
नेकपा एमालेले ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ । बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले उक्त मितिमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको मिति र स्थानको जानकारी दिएका हुन् ।
उनका अनुसार महाधिवेशन गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुनेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति तोकिएको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन बैठकबाट पारित गरिएको छ ।
तर, प्रतिवेदन पारित गर्ने क्रममा विवाद उत्पन्न भएको थियो । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवेदनमा असहमति जनाउँदै प्रतिवाद गरेका थिए ।