© २०२३
काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी रहेको भन्दै अहिले नै एमालेको नेतृत्वबाट बिदा नहुने बताएका छन्। ३ दिनदेखि जारी केन्द्रीय कमिटी बैठक शुक्रबार समापन गर्दै उनले जिम्मेवारी पूरा नगरी नेतृत्व नछोड्ने बताएका हुन्।
‘केही साथीले राजीनामा माग्नु भा’छ, ५५ बर्षदेखी एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिन,’ ओलीले भने, ‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला। प्रतिनिधिहरूसँग फैसला मागौँला। पार्टीलाई तिक्तता साथ नलगौँ, मित्रतासाथ जाऔं।’