Butwal Today

जेन–जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये प्रदर्शनकारी २२ मात्रै: नेपाली सेना

३१ आश्विन २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं, ३१ असोज ।

नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा मृत्यु भएका मध्ये २२ जना मात्र प्रदर्शनकारी भएको जनाएको छ ।

सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको बताएका छन् ।

उपरथी थापाका अनुसार, आन्दोलनको क्रममा जम्मा ७६ जनाको मृत्यु भएको छ, जसमा २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जनाको मृत्यु भएको छ ।

जेन–जी पुस्ताका युवा र किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर १९ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको थियो ।