Butwal Today

जनस्वराज पार्टी दर्ताको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

३१ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ३१ असोज ।

सर्वोच्च अदालतले डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार उक्त आदेश दिँदै आयोगको निर्णय तत्काल लागू नगर्न भनेको हो ।

निर्वाचन आयोगले असोज २८ गते जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा. राउतले सर्वोच्च अदालतमा उत्प्रेषणलगायत माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

अदालतले विपक्षी (निर्वाचन आयोग) समक्ष लिखित जवाफ माग्ने आदेश पनि दिएको छ । साथै, आगामी कात्तिक १७ गते छलफल (हेर्नुपर्ने) मितिका लागि तोकिएको छ ।