© २०२३
काठमाडौँ ।
आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत शीर्ष ६ को अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो ।
आसिफ शेख र दीपेन्द्र सिंह ऐरीको अर्धशतकीय प्रदर्शनले नेपाललाई ठूलो लक्ष्य बनाउन मद्दत पुगेको छ । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले क्रमशः १७ र ६९ रन जोडे भने दीपेन्द्रले ५३ रन बनाए ।
त्यसपछि आएका आरिफ शेखले ९ रन बनाएका थिए । कप्तान रोहित पौडेल र लोकेश बम नटआउट रहेका छन् र तिनीहरूले क्रमशः २१ र ३९ रन जोडेका छन् । सामोआले नेपाललाई दुई वाइड र १ लेगबाई रन दिएको थियो ।
सामोआका लागि डानियल बर्गिस, सौमानी टियाई, डेरियस भिसर र नोआ मीडले समान १–१ विकेट लिएका छन् । बाँकी तीन बलरले विकेट लिन सकेका छैनन् । सामोआले केही बेरमा ब्याटिङ सुरु गर्नेछ ।