© २०२३
काठमाडौँ ।
कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेका नयाँ ब्याजदरअनुसार व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर घटाएसँगै औसत अधिकतम ब्याजदरमा कमी आएको हो । व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असोज महिनाको तुलनामा ०.२६ प्रतिशत विन्दुले घटेको छ ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि ०.२२ प्रतिशत विन्दुले घटाइएको छ ।
कात्तिक महिनामा माछापुच्छ्रे बैंक र एनएमबी बैंकले सबैभन्दा धेरै व्यक्तिगत र संस्थागत दुबै निक्षेपमा एक/एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
तर, नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।