© २०२३
काठमाडौँ ।
सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका काम अघि बढाउन बोलपत्र (टेन्डर) आह्वान गर्न स्वीकृति दिने समेत निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
‘त्रिभुव विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना अनुसारको बाँकी कामको बोलपत्र आह्वान गरि खरिद प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ,’ उनले भने।
पहिलो चरणको काम अन्तर्गत १० हजार क्षमताको प्याराफिट र फ्लडलाइट जोड्ने काम सम्पन्न हुने तयारीमा छ।