ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै
कृषिप्रधान मुलुकको विडम्बना 

धान र चामलको आयात कहिलेसम्म ?

३० आश्विन २०८२, बिहीबार
३० आश्विन २०८२, बिहीबार

अधिकांश युवा कृषि पेसा छोडेर विदेश पलायन भइरहेको पछिल्लो समय नेपाललाई कृषिप्रधान मुलुकको परिचय दिनु उपयुक्त हुन्छ, हुँदैन, त्यो सरकार र कृषि विज्ञहरूले बुझ्ने कुरा हो । तर, नेपाललाई अझै पनि कृषिप्रधान मुलुकको संज्ञा दिँदा अत्युक्ति हुँदैन ।

किनभने नेपालका करिब ८० प्रतिशत जनताको जीवनको आधार कृषि नै हो । युवाहरू विदेश गए पनि तिनका अभिभावक अहिले पनि कृषिमै जोडिएका छन् । यद्यपि अधिकांश जग्गा प्लटिङ गरिएका कारण धान उत्पादन हुने खेत घट्दै गएको छ ।

खेती गर्ने किसानको सङ्ख्या पनि घटेको छ । पहिले एक बिगाहा खेती गर्ने किसानको सङ्ख्या अहिले दुईचार कट्ठामा सीमित भएको छ । तर पनि भन्दै पर्दछ– नेपाल कृषिप्रधान मुलुक हो ।

अफसोस अबको केही बर्षभित्रैमा नेपाल कृषिप्रधान मुलुकबाट पराधीन मुलुकको रूपमा विस्थापित हुने हो कि भन्ने चिन्ता बढेको छ । किनभने पहाडबाट बसाइसराइका कारण त्यहाँको जमिन बाझिँदै गएको छ ।

पहाडबाट युवा विदेश जाने र तराईमा घडेरी किनेर पहाड छाड्ने प्रवृत्तिले विकराल रूप लिने अवस्था आएको छ । पहाड बस्ती विनाको उजाड बन्ने र तराई कङ्क्रिटले ढाक्ने अवस्था यही रफ्तारमा बढिरहने हो भने नेपालले अबको केही बर्षभित्रैमा कृषिप्रधान मुलुकको परिचय र अस्तित्व गुमाउनु पर्नेछ ।

त्यसो त अहिले नै नेपालले वार्षिक ४० अर्ब बराबरको धान चामल आयात खेप्नुपरिरहेको अवस्थाले त्यो सङ्केत गरिसकेको छ । यो चिन्ताको प्रसङ्ग आज विश्व खाद्य दिवसको अवसरमा गरिएको हो । ‘राम्रो खाना र राम्रो भविष्यका लागि हातमा हात मिलाऔँ’ भन्ने नाराका साथ आज विश्व खाद्य दिवस मनाईदैछ ।

हरेक वर्ष अक्टोबर १६ मा मनाइने खाद्य दिवस यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी मनाईदैछ । वर्षौँदेखि सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाउँदै आएका छन् । यद्यपि नेपालमा यो दिवसले खासै औचित्य पुष्टि गर्न सकेको छैन ।

किनभने खाद्य दिवसलाई औपचारिक मात्रै बनाइएको छ । दिवस मनाउनका लागि मात्रै मनाउने प्रवृत्ति बढिरहेको छ । यो दिवस मनाउँदै गर्दा नेपालमा खाद्यान्न अभावकै चिन्ता बढ्दो छ । नेपालमा अझै पनि व्यावसायिक कृषिको सुरुवात नै हुन सकेको छैन ।

जसका कारण कृषिमा आत्मनिर्भरताको नारा केवल भाषणमा मात्रै सीमित भएको छ । नेपालीहरू वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा बारीका कान्ला उजाड बन्दै गएका छन् ।

कृषिप्रधान मुलुक नेपालमा अहिले भारतबाट वार्षिक ४० अर्ब बढीको चामल मात्रै आयात हुन्छ भन्दा पत्याउनै मुस्किल पर्दछ तर यथार्थ यही हो र सत्य पनि । बर्सेनि बढिरहेको खाद्यान्न आयात, जथाभाबी प्रयोग गरिएको कृत्रिम रासायनिक र घातक विषादी, निर्जीव हुँदै गइरहेको माटो, नेपालको प्रमुख कृषि उत्पादन र जनस्वास्थ्यका सङ्कटको सूचक हो ।

कृषिमा आमूल परिवर्तनका लागि समग्र खेती प्रणाली र खाद्य प्रणाली दिगो बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ । तर, स्थानीय सरकारले पनि जनतामा आशाको सञ्चार गर्न सकेनन् ।

कतै दसैँमा निधार भरी अक्षता हुन्छ तर कतै दसैँमा चामल समेत नहुँदा साँझ बिहानको छाक टार्न समस्या पर्दै आएको छ । सुदूर पश्चिमका पहाडी जिल्लाको यो पीडा कहिले सम्बोधन होला ? आज खाद्य दिवस मनाई रहँदा दिवस मनाउने निकायले एक पटक गम्भीर भएर सोच्नुपर्नेछ– कृषि प्रधान मुलुक नेपाल खाद्यान्नमा आत्मनिर्भर हुने कहिले ? कृषिप्रधान मुलुकको यो तीतो यथार्थको उत्तर खोज्न ढिलाइ नगरौँ ।

देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हो भने साँच्चै नै अव मुलुकमा एक पटक फेरी कृषि क्रान्तिको आवश्यकता छ । त्यस्तो कृषि क्रान्ति जसले विदेशमा जस्तै खेती किसानी गर्ने किसानलाई सम्मान दिन सकोस् ।

किसानहरूपनि कृषि पेसा गरेर गर्वको अनुभूति गर्न सकुन् । देशलाई आत्मनिर्भर बनाउने हो भने खाद्यान्नबाट सुरुवात गरौँ । अव भारतबाट धान र चामल आयात गर्ने अवस्थाको अन्त्यका लागि उत्पादनमा ध्यान दिऔँ ।

देशको कूल गार्हस्थ्य उत्पादनमा करिब २० प्रतिशतको योगदान दिने कृषि क्षेत्रलाई सम्मानित पेसा बनाउनेतर्फ राज्यका हरेक निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?