Butwal Today

मधेश प्रदेशका सांसद सिंहलगायत १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३० आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ३० असोज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंह सहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

उनीसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, विभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार सिंहले विद्यालय तथा मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कूल रकम रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये रु. ३८ लाख ५० हजार ३१९ ( झन्डै २८.२५ प्रतिशत ) घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए ।

उक्त रकमको केही हिस्सा उनले आफ्ना स्वकीयहरूमार्फत खर्च गरेको अनुसन्धानबाट खुल्न आएको आयोगले जनाएको छ ।