ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

कपिलधामको १४औँ साधारण सभा सम्पन्न

३० आश्विन २०८२, बिहीबार
३० आश्विन २०८२, बिहीबार

जितपुर,  ३० असोज । 
वाणगंगा नगरपालिका–९ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल कपिल आरोग्य मन्दिर कपिलधामको १४औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभा कपिलधामस्थित योग ध्यान केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजु अर्यालले आ.व. २०८१/०८२ का लागि कुल १७ लाख ९१ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेका थिए । त्यस्तै, लेखा संयोजक कमल बेल्बासेले विस्तृत लेखा प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका लागि सुझावसहितका सुधारात्मक योजना पनि बताएका थिए ।

संस्थाका अध्यक्ष शंकर प्रसाद आचार्यले कपिलधाममा हालसम्म सम्पन्न गतिविधिहरूको जानकारी दिँदै आगामी दिनमा धार्मिक पर्यटन प्रवर्द्धन, ध्यान–योग अभ्यास विस्तार र संस्थागत सबलीकरणका रणनीति प्रस्तुत गरेका थिए ।

साधारण सभाको विशेष आकर्षणका रूपमा यस वर्षको ‘कपिल शान्ति पुरस्कार’ धार्मिक गुरु श्री १००८ स्वामी विवेकानन्द सरस्वतीलाई प्रदान गरिएको थियो । स्वामी सरस्वती कपिलधामको स्थापना कालदेखि नै संस्थासँग नजिक रहेर सहयोग र मार्गदर्शन प्रदान गर्दै आएका व्यक्तित्व हुन् ।

सम्मान ग्रहण गर्दै प्रमुख अतिथि  स्वामी विवेकानन्द सरस्वतीले भने, “कपिल ऋषि र महर्षिहरूले तपस्या गरेको यो पवित्र भूमि केवल आस्थाको केन्द्र होइन, यो विद्वान र साधकहरूको गन्तव्यस्थल हो। यस धामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने जिम्मा हामी सबैको हो।”भनी बताए ।

कार्यक्रमका विशिष्ट  अतिथि तथा पूर्व स्वास्थ्य मन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलधामलाई लुम्बिनी प्रदेशकै एक महत्वपूर्ण धार्मिक सम्पदाको रूपमा चिनाउँदै भने, “यो धामलाई प्रदेशकै नमुना धार्मिक स्थलका रूपमा विकास गर्न सरकार र जनप्रतिनिधिको निरन्तर सहयोग रहनेछ ”भनी बताए ।

कार्यक्रममा कपिल प्राकृतिक चिकित्सालयका अध्यक्ष आत्माराम आचार्य, साहित्यकार मोहन ज्ञवाली, र लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले संस्थाको निरन्तर सक्रियता, धार्मिक योगदान र भव्य साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमको सहजीकरण संस्थाका सह–सचिव दुर्गा प्रसाद पौडेलले गरेका थिए ।

कार्यक्रममा स्थानीय धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी, तथा पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?