© २०२३
गुल्मी, ३० असोज ।
गुल्मीको मुसिकोट नगरपालिकामा सामाजिक अभियन्ताहरूको सहयोगमा एक विपन्न परिवारका लागि घर हस्तान्तरण गरिएको छ । मुसिकोट नगरपालिका–५ आँपचौर स्थित हात्तिगौँडा निवासी झिल्के दाइको नामबाट परिचित शिवलाल बिकको परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हो ।
नेपाली काँग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेलले पहलमा स्वदेश तथा विदेशमा बस्ने मनकारी व्यक्तिहरूको सहयोगमा करिब ४ लाखको लागतमा घर निर्माण गरिएको हो ।
सामाजिक अभियन्ताहरूको सहयोगमा आँपचौरको देउरालीमा निर्माण गरिएको उक्त घर हालै एक कार्यक्रमका बिच बिक परिवारलाई हस्तान्तरण गरिएको अभियानका संयोजक खरेलले जानकारी दिएका छन् ।
गत बुधबार नवनिर्मित घरको परिसरमा एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको अभियन्ता तथा नेपाली काँग्रेस गुल्मी‐काठमाडौँ सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेलले बताए ।
घर नहुँदा यसअघि बिकको ६ जनाको परिवार स्थानीय छिमेकीको घरमा आश्रय लिएर बस्दै आइरहेका थिए । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका बिक परिवारका सदस्यको मृत्यु भएको समयमा छिमेकीको घरमा काजक्रिया गर्न समस्या भएपछि खाली जग्गामा त्रिपाल टाँगेर किरिया कर्म गर्न बाध्यता आइपरेको थियो ।
घर नहुँदाको पीडामा गाउँघरमा उक्त दुखद अवस्था देखेपछि स्थानीयहरू बिमल खरेल, सुमन खरेल, रामु खरेल, जीवन खरेल, अर्जुन खरेल, राजु अर्याल, खगेश्वर अर्याल, लिलामणी खरेल, विजय खरेल र सविन घिमिरे लगायतले घर निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।
घर निर्माणमा मुसिकोट नगरपालिकाले पनि जस्तापाता बापतको खर्च उपलब्ध गराउने भएको वडाध्यक्ष ऋषिश्वर अर्यालले बताए । विकको घर निर्माणका लागि स्थानीय युवाहरूको पहलमा “झिल्के दाइको घर निर्माण” अभियान सञ्चालन गरिएको थियो । नयाँ घर पाएपछि बिक परिवार यति बेला आफैमा निकै खुसी बनेका छन् ।
घर नहुँदाको पीडामा गाउँघरमा उक्त दुखद अवस्था देखेपछि स्थानीयहरू बिमल खरेल, सुमन खरेल, रामु खरेल, जीवन खरेल, अर्जुन खरेल, राजु अर्याल, खगेश्वर अर्याल, लिलामणी खरेल, विजय खरेल र सविन घिमिरे लगायतले घर निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।
घर निर्माणमा मुसिकोट नगरपालिकाले पनि जस्तापाता बापतको खर्च उपलब्ध गराउने भएको वडाध्यक्ष ऋषिश्वर अर्यालले बताए । विकको घर निर्माणका लागि स्थानीय युवाहरूको पहलमा “झिल्के दाइको घर निर्माण” अभियान सञ्चालन गरिएको थियो ।
नयाँ घर पाएपछि बिक परिवार यति बेला आफैमा निकै खुसी बनेका छन् ।