ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

कर्णालीका भूकम्प पीडितले पाएनन् अस्थायी आवासको रकम

३० आश्विन २०८२, बिहीबार
३० आश्विन २०८२, बिहीबार

सल्यान, ३० असोज ।

जाजरकोट भूकम्पबाट घरहरू क्षतिग्रस्त भएका सल्यानका पीडित घरपरिवारहरूले अस्थायी आवास निर्माणका लागि पहिलो तथा दोस्रो किस्ता गरेर १४ करोड बढी रकम पाउन सकेका छैनन् ।

जिल्लाको दार्मा गाउँपालिकामा भूकम्पपीडित चार हजार ७४ घरधुरी लाभग्राही पहिचान भई विपद् पोर्टलमा प्रविष्ट भइसकेका छन् । तीमध्ये हालसम्म करिब दुई हजार ३८२ जनालाई मात्र पहिलो किस्ताको रकम भुक्तानी भएको छ भने बाँकी एक हजार ६९२ जनालाई सो रकम वितरण गर्न बाँकी रहेको जनाइएको छ ।

दार्मा गाउँपालिकाले अस्थायी आवास र पुनर्निर्माणका काम अगाडि बढाउन आवश्यक रकम तत्काल उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभाग, काठमाडौँलाई पत्राचार समेत गरेको छ ।

गाउँपालिकामा पहिलो किस्ता पाउन बाँकी लाभग्राही तथा दोस्रो किस्ताको भुक्तानी पर्खिरहेका सबै चार हजार ७४ घरपरिवारका लागि करिब चौध करोड २३ लाख रुपैयाँ आवश्यक रहेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।

हालसम्म पुनर्निर्माणको काम समेत सुरु गर्न नसकिएको भन्दै आवश्यक बजेट शीघ्र उपलब्ध गराइ पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउन विभागसँग आग्रह गरेको छ । चिसो मौसम सुरु भइसकेकाले अस्थायी आवास र पुन निर्माणका कार्य तीव्र गतिमा अघि बढाउन गाउँपालिकाको आग्रह छ ।

आवास निर्माणका लागि रकम नपाउँदा कतिपय पीडितले ऋण काढेर अस्थायी टहरा बनाएका छन् भने कतिपय क्षतिग्रस्त घर मर्मत गरेर बस्दै आएका छन् । वर्षा, गर्मी तथा चिसो समयमा पीडितहरूले विभिन्न किसिमको स्वास्थ्य समस्या भोग्दै आएका छन् ।

२०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका कारण सल्यानको दार्मा गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो भने कुमाख गाउँपालिका, बागचौर, शारदा र बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख लगायतका गाउँपालिकामा पनि क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?