© २०२३
पाल्पा ।
जिल्लाको पश्चिमी गाउँ सहित छिमेकी जिल्ला गुल्मीको लागि विद्युत् आपूर्ति सहज बनाउनका लागि तानसेन नगरको रिडीमा सब स्टेसनको निर्माण गरिएको छ ।
नेपाल विद्युत् प्राविधिकरणको काली गण्डकी रिडी १३२ के .भी प्रसारण आयोजना अन्तर्गत निर्माण गरिएको हो । काली गण्डकी जल विद्युत् विभाग स्याङ्जा बाट जडित लाइन २२ के.भी को दरीमा ७०वटा टावर निर्माण गरिने मध्य ५ वटा टावरको निर्माण मात्र बाकी रहेको र ३४ रोपनी क्षेत्रफलमा फैलिएको छ।
योजनाका सहायक इलेकट्रिकल गुरु प्रसाद भट्टराईका अनुसार बुटवल बाट पाल्पा हुँदै आउने लाइन बढी कलेजका कारण समस्या भएको थियो । कमजोर लाइनका कारण यसमा दुई फेस लाइन नहुँदाको कारण उद्योगीहरूको लागि समस्या भएको थियो ।
अब यो निर्माण कार्य पुरा भई सञ्चालनमा आए पछि समस्याको समाधान हुने उनी बताउँछन् । यो सब स्टेसन नेपाल सरकारको स्वामित्वमा रहेको विद्युत् प्राविधीकरणका लागि भन्दा नेपालका सबै भन्दा ठुला उद्योगपति विनोद चौधरीको आवश्यकताका लागि निर्माण भएको हो ।
चौधरीको रिब्द्यीकोट गाउँपालिका र रैनादेवी गाउँपालिकाको सिमानामा पर्ने सर्दोवा फाटमा रहेको सिमेन्ट उद्योगमा हालको विद्युत् अत्यन्तै कमजोर भएका कारण उद्योगलाई लक्षित गरेर सब स्टेसनको निर्माण गरिएको हो ।
यो निर्माणका लागि सङ्घीय सरकारको उद्योग मन्त्रालय बाट विद्युत् प्राविधकरणको खातामा जम्मा गरेको रकम बाट निर्माण गरिएको विद्युत् प्राविधीकरणका कर्मचारीहरू बताउँछन् ।