Butwal Today

जनमत पार्टी फुटावटविरुद्ध सीके राउतले सर्वोच्चमा रिट दायर

३० आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । जनमतका अध्यक्ष सीके राउतले राजनीतिक दलसम्बन्धी ऐन निष्क्रिय भएको समयमा दल विभाजन नै हुन नसक्ने भन्दै रिट दायर गरेको जानकारी दिएका छन् ।

‘अहिले दल विभाजनको ऐन नै निष्क्रिय छ । त्यसमाथि पार्टीले कारबाही गरिसकेका व्यक्तिको हस्ताक्षर प्रयोग गरेर दल विभाजन गरिएको छ,’ राउतले  भने । ‘हामीले कारबाही गरेका व्यक्तिबारे आयोगलाई यसअघि नै जानकारी गराइसकेका थियौं । अनि उनीहरूकै हस्ताक्षरमा दल विभाजन हुन्छ त ? त्यसैले आज रिट दायर गरेको हुँ ।’

राउतले निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट दायर गरेको जनाएका छन् । उपाध्यक्ष रहेका दीपककुमार साहसहितले जनमत पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका छन् । राउतको रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।