© २०२३
दाङ ,३० असोज ।
जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको एक होटलबाट १२ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार तुलसीपुर-६ का सुरेन्द्र हमाल, तुलसीपुर-९ का गुमबहादुर चलाउने, वीरबहादुर बस्याल, घोराही १४ का विष्णु गुप्ता, घोराही-१५ का खिमबहादुर डाँगी, पङ्कज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी र होटेलका म्यानेजर सुरज पुन पक्राउ परेका छन् ।
उनीहरूको साथबाट १ लाख ८८ हजार ८ सय २० रुपैयाँ, खोलेको ५ गड्डी र नखोलेको तास बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले होटलको नाम भने खुलाएको छैन ।