Butwal Today

ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्छ : प्रचण्ड

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २९ असोज ।

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सम्भावित एकताको विषयमा स्पष्ट संकेत दिएका छन् ।

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा उनले युवा तथा पार्टी नेताकार्यकर्तासँग संवाद गर्दै भने, “अब माओवादीको मुख्य राजनीतिक र संगठनात्मक लाइन चुनाव हो । आगामी निर्वाचनलाई नै पार्टीको प्रमुख एजेन्डा बनाएर अघि बढ्नेछौं ।”

प्रचण्डले आगामी तिहार पर्वलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, “केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।”

कार्यक्रममा सहभागी युवा तथा नेताकार्यकर्तासँगको छलफलमा प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गप्रति विश्वास देखाउन थालेको दाबी पनि गरे ।