© २०२३
दाङ, २९ असोज ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार दिउँसो प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।
घरायसी र स्वास्थ्यको कारण देखाउँदै आफुले पदबाट राजीनामा दिएको बताएका छन् । साथै डा. लामिछानेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । लामिछानेको आउदो फागुनमा आफ्नो चार बर्षे कार्यकाल सकिने थियो । तर, कार्यकाल सकिनु भन्दा अघि नै उनले पदबाट राजीनामा दिएका हुन् । लामिछानेले रजिस्ट्रार प्रा.श्याम लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएर आफुले पदबाट राजीनामा दिएका छन् ।